PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोरोना संक्रमित वानेश्वरका एक वृद्धको आइसीयूमा उपचारकै क्रममा मृत्यु, ९८ औं जन्मदिन मनाउन गएका थिए काभ्रे



पहिलोपोस्ट

कोरोना संक्रमित वानेश्वरका एक वृद्धको आइसीयूमा उपचारकै क्रममा मृत्यु, ९८ औं जन्मदिन मनाउन गएका थिए काभ्रे

काठमाडौं : कोरोना संक्रमण भएका ९८ वर्षीय वृद्धको मृत्यु भएको छ।

आज बिहान धुलिखेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। साउन २७ गते उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो।

'उहाँलाई कोरोना संक्रमण पुष्टि भइसकेको थियो। उहाँ उपचारको लागि अस्पतालमा हुनुहुन्थ्यो। आज बिहान उहाँको मृत्यु भएको हो,'  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र झाले भने।

उनमा स्वास्वप्रश्वासमा समस्या देखिएको थियो। आइसीयूमा राखेर उपचार भइरहेको थियो। तर, आज बिहान करिव १ बजेतिर उनको मृत्यु भएको हो। उनी परिवारसँगै काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका थिए। ९८ औं जन्म दिन मनाउन काभ्रे जाँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको झाले जानकारी दिए।

अहिलेसम्म देशभर कोरोना संक्रमणको कारण १ सय ८ जनाको मृत्यु भइसको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell