PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

यौनजन्य दूर्व्यवहारको आरोपमा ‘दि एलेन सो’का ३ निर्माता बर्खास्त



पहिलोपोस्ट

यौनजन्य दूर्व्यवहारको आरोपमा ‘दि एलेन सो’का ३ निर्माता बर्खास्त
Getty Images

‘दि एलेन डिजेनेरेस सो’का तीन निर्माता बर्खास्त भएका छन्। उनीहरूमाथि कार्य क्षेत्रमा हुने यौनजन्य एवं अन्य दूर्व्यवहारको आरोप लागे पछि कामबाट निकालिएका हुन्।

आरोप पछि आवश्यक छानबिन भयो। बीबीसीका अनुसार कार्यकारी निर्माताहरू एड ग्लाभिन, केभिन लेम्यान र जोनाथन नोर्म्यान बर्खास्त भएका हुन्।

बजफिडले पहिलो पटक उक्त सोको सेटमा 'नस्लवाद, अन्यायपूर्ण निस्कासन, धम्की र विषाक्त कार्य शैली'को सामना गर्नुपरेको बारे जुलाई १६ मा सामाग्री प्रकाशन गरेको थियो। लगत्तै निर्माण टोलीमा आन्तरिक अनुसन्धान भयो। मातृसंस्था वार्नर मिडियाले सोको सेटमा कार्यरतहरूको उजुरी पछि छानबिन गरेको हो।

निर्माता एड ग्लाभिनमाथि कर्मचारीलाई अनावश्यक छोएको र डर देखाएको आरोप छ। लेम्यान र नोर्म्यानमाथि पूर्व कर्मचारीले यौनजन्य दुर्व्यवहारको आरोप लगाएका छन्।

लेम्यान र नोर्म्यानले यी आरोप आधारहीन र शत् प्रतिशत् गलत भएको बताइरहेका छन्। ग्लाभिन भने विषय बारे मौन छन्।

प्रस्तोता एलेन डेजेनेरेसले भने सम्पूर्ण कर्मचारीसँग इमेलमार्फत् माफी मागेकी छिन्। भनेकी थिइन्,’खुशी लाग्यो तपाईंहरूले आवश्यक विषयको उठान गर्नुभयो।‘

उनले सन् २००३ देखि कार्यक्रम सञ्चालन गर्दै आएकी छिन्। १७ औं सिजनमा चलिरहेको कार्यक्रमको दैनिक २५ लाख दर्शक छन्। कार्यक्रमले हालसम्म ६१ वटा एम्मी अवार्ड जितिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell