काठमाडौं : गृह मन्त्री रामबहादुर थापाको स्कटिङमा हिँड्ने गाडीले स्कुटरलाई ठक्कर दिएको छ।
आज बिहान सिंहदरबार नजिकै बा १ झ ५५५४ नम्वरको गाडीले बा ९४ प १०२५ स्कुटरलाई ठक्कर दिएको हो।
'सिंहदरबार पश्चिम गेट नजिकै स्कटिङको लागि निस्किएको गाडीले ठक्कर दिएको हो। थप अनुसन्धान भइरहेको छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले भने
स्कुटरमा सवार दुई महिला घाइते भएकाले उपचारको लागि ट्रमा अस्पताल पुर्याइएको छ। २३ वर्षीय लीला थापा र २७ वर्षीय सुधा थापा घाइते भएका छन्।
स्कटिङ्को गाडी गृह मन्त्री थापालाई लिन निस्किएको थियो। गाडी र चालकलाई नियन्त्रणमा लिएको महाशाखाका एसपी गौतमले जानकारी दिए। नियन्त्रणमा लिएका चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
