PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

पोखरामा कडा लकडाउन : घर बाहिर निस्कन निषेध, अत्यावश्यकबाहेक सबै सेवा बन्द



पहिलोपोस्ट

पोखरामा कडा लकडाउन : घर बाहिर निस्कन निषेध, अत्यावश्यकबाहेक सबै सेवा बन्द

 काठमाडौं: कास्कीमा अतिआवश्यक बाहेकका सवारी साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ। मंगलवारदेखि लागू हुनेगरी प्रशासनले एक हप्ता (भदौ ७ गते) सम्म आवतजावतमा कडाइ गरेको हो।

अत्यावश्यक मालसमान बिक्री वितरण गर्ने पसलबाहेक अन्य ब्यापार व्यवसायमा समेत रोक लगाइएको छ। खाद्यान्न, फलफूल, मासु तथा दुधजन्य पसललाई पनि बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजे सम्म मात्रै सञ्चालनका लागि अनुमति दिइएको छ।

हिँड्डुल तथा घर बाहिर निस्कनसमेत निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको हो।

'अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँड्डुल गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्न निषेध गरिएको छ,' सूचनामा उल्लेख छ।

निषेधाज्ञा उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन अनुसार कारवाही गरिने भन्दै प्रशासनले चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell