PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

मंगलवारको पाँचौं मृत्यु : पोखरामा थप एक कोभिड-१९ संक्रमितको ज्यान गयो



पहिलोपोस्ट

मंगलवारको पाँचौं मृत्यु : पोखरामा थप एक कोभिड-१९ संक्रमितको ज्यान गयो

काठमाडौं : पोखरामा एक कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। यो कोभिड १९ को कारण मंगलवारको पाँचौं मृत्यु हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १६ का ८७ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।

साउन ३२ गते प्रतिष्ठानमा उच्च ज्वरो तथा श्वास प्रश्वासमा समस्या भई उपचारको लागि भर्ना भएका थिए। उनमा कोभिड-१९ को संक्रमणसँगै हाइपरटेन्सन, क्रोनिक किड्नी डिजिज रहेको जनाएको छ। प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आईसियुमा सोमवार भर्ना भई उपचाररत थिए।

उनको आज बिहान १०:४० बजे उपचारको क्रममा मृत्यु भएको डाक्टर आचार्यले जानकारी दिए।

यो मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चौंथो मृत्यु हो भने प्रदेशको सातौं मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

यसअघि आजै काभ्रेको धुलिखेलमा काठमाडौंका ९८ वर्षीय वृद्ध, पोखरामा तनहुँकी ५० वर्षीया महिला र नेपालगञ्जमा ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। त्यस्तै नेपाली काँग्रेस पश्चिम नवलपरासी जिल्लाका उपसभापति सुवासचन्द्र गिरीको पनि कोभिड-१९ संक्रमणका कारण आज बिहान मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ११२ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell