PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

‘आदिपुरुष’मा भगवान रामको भूमिकामा प्रभास, फर्स्ट लुक सार्वजनिक



पहिलोपोस्ट

‘आदिपुरुष’मा भगवान रामको भूमिकामा प्रभास, फर्स्ट लुक सार्वजनिक

बाहुबली स्टार अभिनेता प्रभासको आगामी फिल्म आदिपुरुषको फर्स्ट लुक सार्वजनिक गरिएको छ। सर्वाधिक रुचाइएको बाहुबलीमा फिल्ममा राजकुमारको भूमिकामा प्रशंसा बटुलेका प्रभासले आदिपुरुषमा भगवान रामको भूमिका निभाउन लागेका हुन्।

आदिपुरुषलाई ओम राउतले निर्देशन गर्दैछन्। उनले हालसालै अजय देवगन स्टारर 'तन्हाजी: द अनसुन वारियर' निर्देशन गरेका थिए।

फिल्मका अन्य कलाकारबारे भने जानकारी दिइएको छैन।

आज विहान फिल्मका मुख्य कलाकार प्रभासले इंन्स्टाग्राममार्फत फिल्मको फर्स्ट लुक सार्वजनिक गरेका छन्। उनले क्याप्सन लेखेका छन्, ‘खराबमाथि असलको जितको उत्सव मनाउँदै।’ उनले फिल्मको राम अवतारमा काम गर्न आफू उत्साहित रहेको प्रभासले उल्लेख गरेका छन्।

फिल्म एक थ्रीडी एक्शन ड्रामा हुनेछ। हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नड र केही विदेशी भाषामा प्रदर्शनमा आउनेछ। सन् २०२२ मा ठूलो पर्दामा फिल्‍म रिलिज हुने बताइएको छ।

आदिपुरुष भारतीय महाकाव्यको रूपान्तरण हो। जुन खराबमाथि असलको जितको घटनाक्रममा केन्द्रीत छ।

फिल्मको फर्स्ट लुकमा बीचमा भगवान रामको सिल्हूट देखिन्छ। पृष्ठभूमिमा भयंकर हनुमानको तस्विर छ। यसमा रावणका दश टाउकाहरू पनि छन्।

पोष्टरले प्रभासलाई आदिपुरुषका रूपमा प्रस्तुत गरेको छ। हिन्दू पौराणिक कथाअनुसार भगवान रामलाई आदिपुरूष भनेर सम्बोधन गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell