PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

क्यरेबियन प्रिमियर लिग आजबाट, सन्दीप लामिछानेले देखाउलान् त जादू?



रासस

क्यरेबियन प्रिमियर लिग आजबाट, सन्दीप लामिछानेले देखाउलान् त जादू?

काठमाडौँ : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि शुरु हुँदैछ। ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७:४५ बजेदेखि सीपीएल शुरु हुनेछ।

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७:४५ बजे खेल्नेछन्। सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ। सीपीएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ। सामाजिक सञ्जालमार्फत् आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन्।

सन्दीप सीपीएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन्। नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए। यसबीच सन्दीपले दुई पटक पीसीआर परीक्षण गराए। नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। उक्त रिपोर्टसँगै सन्दीपले सीपीएल खेल्ने बाटो खुला भएको हो।

यस यामको सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्। सीपीएल भदौ २५ गतेसम्म चल्ने छ। सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन्। सीपीएलमा कूल ३३ खेल हुनेछन्।

कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छ। आज पहिलो खेल राति ७:४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३:१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell