PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

भारतीय गृह मन्त्री अमित शाह एम्स भर्ना, पोस्ट कोभिड केयरमा उपचार हुँदै



पहिलोपोस्ट

भारतीय गृह मन्त्री अमित शाह एम्स भर्ना, पोस्ट कोभिड केयरमा उपचार हुँदै

नयाँ दिल्ली : भारतका गृह मन्त्री अमित साहलाई एम्स अस्पताल भर्ना गरिएको छ। कोभिड १९ संक्रमित भएका उनको मेदान्त अस्पतालमा उपचार गरिएको थियो। कोरोना भाइरसबाट मुक्त भएपछि शाहलाई डिस्चार्ज गरिएको थियो। तर, आज बिहान उनलाई एम्स अस्पताल पुर्‍याइएको हो।

एम्सले जारी गरेको वक्तव्य अनुसार जीउ दुख्ने समस्या देखिएपछि उनलाई अस्पतालको पोस्ट कोभिड केयर युनिटमा राखेर उपचार सुरु गरिएको छ।

'गृह मन्त्री अमित शाहले ३/४ दिन यता शरीर दुखेको गुनासो गर्दै आउनुभएको थियो। उहाँमा कोभिड १९ परीक्षण नेगेटिभ देखिसकेको छ। अहिले उहाँ एम्सको पोस्ट कोभिड केयरमा भर्ना हुनु भएको छ,' अस्पतालले जनाएको छ, 'उहाँ सामान्य अवस्थामा हुनुहुन्छ र अहिले अस्पतालबाटै काम गरिरहनु भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell