PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

टर्कीमा राष्ट्रपतिकी पत्नी भेट्दा आमिर खान विवादमा



पहिलोपोस्ट

टर्कीमा राष्ट्रपतिकी पत्नी भेट्दा आमिर खान विवादमा

बलिउड अभिनेता आमिर खान विवादमा तानिएका छन्। फिल्म 'लाल सिंह चड्ढा'को शुटिङका लागि टर्की पुगेका आमिरले राष्ट्रपति रेसेप तैय्यप एर्डोगानकी पत्नी एमिन एर्डोगानसँग भेट गरेपछि भारतमा उनको विरोध र समर्थन भएको छ।

टर्कीले जम्मू काश्मिरको धारा ३७० खारेज गर्ने निर्णयको विरोध गरेपछि भारतसँग राम्रो सम्बन्ध छैन। राजनीतिक रुपमा दुई देशबीच सम्बन्धमा तिक्तता आएका बेला मुश्लिम बाहुल्य राष्ट्रकी प्रथम महिलासँग भेटेपछि भारतका हिन्दुवादीले आमिरको आलोचना गरेका हुन्।

टर्कीका राष्ट्रपति एर्डोगानले काश्मिर मुद्दामा पाकिस्तानको साथमा रहेको र काश्मिरमा न्याय, शान्ति र सम्वादलाई समर्थन गर्ने बताएका थिए। जसमा भारतले आपत्ति जनाएको थियो।

यसरी राजनीतिक स्तरमा सम्बन्ध विग्रेका बेला राष्ट्रपति पत्नी एमिनले आमिरसँग भेटेको तस्विर १५ अगस्टमा ट्वीटरमार्फत सार्वजनिक गरिन्। उनले लेखेकी छन्, ‘इस्तानबुलमा विश्वका चर्चित निर्देशक, फिल्म मेकर आमिर खानसँग भेट भयो। आमिरले आफ्नो नयाँ फिल्म लाल सिंह चड्ढाको शुटिङ टर्कीका अलग अलग क्षेत्रमा गर्ने निर्णय सुनेर खुसी लाग्यो।’

फोटो सार्वजनिक भएपछि भारतीय जनता पार्टीका हिन्दुवादी नेताले कडा विरोध जनाए। जसमा वरिष्ठ नेता पनि सामेल रहेको बीबीसी हिन्दीले जनाएको छ।

बीजेपी नेता कपिल मिश्रा र वरिष्ठ नेता सुब्रमण्यम स्वामीले यो मुद्दालाई प्राथमिकताका साथ उठाएका छन्।

कपिलले लेखेका छन्, ‘यिनलाई’ इडिण्यामा डर लाग्छ होला।’

सुब्रमण्यम स्वामीले पनि भनेका छन्, ‘अर्थात म सही साबित भएको छु कि आमिर खान तीन खानमध्ये एक रहेछन्।

पत्रकार अशोक श्रीवास्तवले इजरायलसँग जोडेर आमिरको आलोचना गरेका छन्।

अभिनव खरेले पनि फिल्म प्रदर्शनको बेला यो कुरा याद गर्नुपर्ने बताएका छन्। ‘हाम्रो पैसा हाम्रै विरुद्ध प्रयोग हुन नदिउ,’ उनले भनेका छन्।

केहीले भने आमिर खानको समर्थन गरेका छन्। कलाकार राजनीतिज्ञको हिसाबमा नलच्ने उनीहरुको तर्क छ। इजरायललाई समर्थन गर्ने तर टर्कीलाई राम्रो नमान्नेहरुले आमिरको आलोचना गरेको भन्दै बचाउ पनि भइरहेको छ।

यो भेटलाई लिएर आमिरको ट्रोल पनि बनाइएको छ।

आमिर हाल 'लाल सिंह चड्ढा'को शुटिङमा व्यस्त छन्। यो फिल्‍म १९९४ मा प्रदर्शनमा टम हैंक्सको फिल्म 'फरेस्ट गंप' को रिमेक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell