PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

पर्सा - बाराका थप १३४ जनामा कोरोना पुष्टि, ग्रामीण भेगमा फैलिँदै संक्रमण



राधेश्याम पटेल

पर्सा - बाराका थप १३४ जनामा कोरोना पुष्टि, ग्रामीण भेगमा फैलिँदै संक्रमण

वीरगंज : पर्सा–बारामा ३२ महिलासहित थप १३४ जनामा कोरोना(कोभिड-१९) संक्रमण पुष्टि भएको छ। सोमवार राति आएको दुई वटा रिपोर्टअनुसार १३४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

जसमध्ये ८ जना बाराका र बाँकी पर्साको विभिन्न पालिकाको रहेका छन्। नारायणी अस्पताल प्रयोगशालाले १६ महिलासहित ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। नारायणीले साउन ३०, ३२ र भदौ १ गते पर्साको विभिन्न ठाउँमा संकलन गरेको स्वाबको परीक्षण गर्दै १६ महिलासहित ६६ जनाको रिपोर्ट सार्वजनिक गरेको हो। जसमा पर्साको बहुदरमाई नगरपालिकाको २४ जनासहित अन्य पालिका र केही बाराका पनि छन्।

सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौं प्रयोगशालाको रिपोर्टमा १६ महिलासहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। काठमाडौंको रिपोर्टमा त्रिजुद्ध स्कूलबाट संकलन भएको स्वाबमा एक महिलासहति ११ जना, श्रीपुर विद्यापिठ माविबाट संकलन स्वाबमध्ये १५ महिलासहित ५७ जना अर्थात दुबै गर्दा ६८ जनामा कोरोना संक्रमण देखिएको छ। १३४ जना संक्रमितहरु ७ वर्षको बालिकादेखि ७५ वर्षको पुरुषसम्मका रहेका छन्।

नारायणी अस्पताल प्रयोगशाला र काठमाडौंको रिपोर्टहरुलाई विश्लेषण गर्दा पर्सा र बाराको ग्रामीण भेगमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको पछिल्लो रिपोर्टहरुले संकेत गरेको नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले बताए। पर्साको पोखरीया, सखुवाप्रसौनी, छिपहरमाई, बहुदरमाई, पटेर्वा सुगोली, पर्सागढीलगायत स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ। त्यसैगरी, बाराको पिलुवास्थित सशस्त्रको बेस क्याम्पबाट पनि ३ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell