PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि



फूलमाया पुरी

विराटनगरमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर : पछिल्लो २४ घण्टामा विराटनगर महानगरपालिकामा कोरोना (कोभिड-१९)का ४४ जना संक्रमित थपिएका छन्।

विराटनगरमा १८ महिला र २६ पुरुषको कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको महानगरपालिकाका स्वास्थ्य निरीक्षक तथा कोभिड-१९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए। साउन २८,२९ र ३० उनीहरुको स्वाब संकलन गरिएको थियो। कोशी अस्पतालको प्रयोशालामा परीक्षणपछि रिपोर्ट आएको हो।

कुइकेलका अनुसार एक वर्षका बालक र ७० वर्षीया वृद्धाको पनि कोरोना भाइरस संक्रमण पोजेटिभ रिपोर्ट आएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ मा सबैभन्दा बढी एघार जना संक्रमित थपिएका छन्। त्यस्तै ८ नम्बर वडाका दस जना थपिएका छन्।

त्यसैगरी वडा नम्बर १० का चार जना, वडा नम्बर ६ र १२ का तीन/तीन जना, वडा नम्बर ७ र १४ का दुई/दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वडा नम्बर १, ३,५,९,१५ र १६ का एक/एक जना र अन्य वडा नखुलेका व्यक्तिमा संक्रमण देखिएको कुइकेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell