PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

वर्षाका कारण इङ्गल्याण्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट ड्र



पहिलोपोस्ट

वर्षाका कारण इङ्गल्याण्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट ड्र

इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट वर्षाको कारण वराबरीमा रोकिएको छ। वर्षका कारण पाँचौ दिन ४ ओभर भन्दा धेरै खेल हुन सकेन। वर्षाका कारण पाँच दिनमा साउथ ह्याम्टनमा भएको खेलमा १३४.३ ओभरमात्र खेल सम्भव भयो।

टस जितेर ब्याटिङ गरेको पाकिस्तान बारबारको व्यवधानका पछि २३६ रनमा आउट भएको थियो। यसपछि टेस्ट सकिने दिनसम्म इङ्ग्ल्याण्डले ४ विकेट गुमाएर ११० रन बनाउन सक्यो वर्षाका कारण। इङ्ग्ल्याण्डका लागि ज्याक क्राउलीले ५३ रन र सिबलीले ३२ रन बनाए। यसबाहेक इङ्ग्ल्याण्डका रोरी बन्र्स सुन्यमा आउट हुँदा ओली पोप ९ रन बनाए। त्यस्तै कप्तान जो रुट ९ रन र बटलर शुन्यरनमा अभिजित रहे।

यसअघि पाकिस्तानका लागि विकेट किपर मोहम्मद रिजवानले ७२ रन, आदिव अलीले ६० र बाबर आजमले ४७ रन जोडेका थिए।

तीन म्याचको सिरिजमा इङ्ग्ल्याण्डले पहिलो खेल जितेको थियो। तेस्रो टेस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell