काठमाडौं : पछिल्लो समय ड्युटीमा रहेका प्रहरीमा कोरोना संक्रमणको दर बढ्दै गएको छ।
अहिलेसम्म ड्युटीमा खटिएका ६ सय ५४ जना प्रहरीलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भइसकेको छ। डीआइजी देखि जवानसम्म कोरोना संक्रमणको उपचार गराइरहेका छन्।
अहिले ४ सय प्रहरी उपचार गराइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले जानकारी दिए। जसममा २ सय ५४ जना उपचारपछि ड्युटीमा फर्किसकेका छन्।
'संक्रमण बढ्दै गएको छ। सुरक्षित भएर ड्युटीमा खटाउने व्यवस्था मिलाएका छौं,' एसएसपी कडायतले भने।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत १ सय ६३ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ।
