PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरका ९६ जनासहित प्रदेश १ मा एक सय ३९ संक्रमित थपिए



फूलमाया पुरी

विराटनगरका ९६ जनासहित प्रदेश १ मा एक सय ३९ संक्रमित थपिए

विराटनगर: प्रदेश १ मा आज १ सय ३९ जना कोभिड १९ का संक्रमित थपिएका छन्। मोरङमामात्र १ सय ५ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेका छन्। संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन्।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित थपिएका हुन्। जसमा ३१ महिला र ६५ पुरुष रहेका छन्। त्यस्तै बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको छ।

त्यसैगरी झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

यता सुनसरीको इटहरीमा १ महिला २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा पनि संक्रमण देखिएको मन्त्रालयको तथ्याङ्क छ। प्रदेश १ मा कुल संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ । 

प्रदेश १ बाट आज ३४ जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको छ।

प्रदेश १ मा आज २ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७० हजार १ सय २ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell