PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

राष्ट्रिय झन्डा जलाएको म्युजिक भिडियो खिच्ने क्यामरामेन पक्राउ



पहिलोपोस्ट

राष्ट्रिय झन्डा जलाएको म्युजिक भिडियो खिच्ने क्यामरामेन पक्राउ

काठमाडौं : एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले भिडियो खिच्ने क्यामरा पर्सनलाई नियन्त्रणमा लिएको छ।

ललितपुरको नखिपोटबाट इशाक लिम्बुलाई नियन्त्रणमा लिएको हो। एक दिनअघि 'मंगोल हप अफिसियल' नाम च्यानलले युट्युबबाट अपलोड गरेको हो। 'देशद्रोही' बोलको भिडियो हालेको थियो।

त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको हो।  भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।

कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुबै  कारवाही गर्ने व्यवस्था रहेको छ। गीतमा जातीय सद्भाव बिथोल्ने शब्दहरु पनि प्रयोग गरिएको छ।

भिडियो मकवानपुर सल्लेनी वडा नम्वर ३ स्थित विष्णु आधारभूत विद्यालय नजिकै खिचिएको देखिन्छ। यो समाचार तयार पार्दासम्म २ लाख ७९ हजार पटक युट्युबमा हेरिसकेका छन्। प्रहरी प्रधान कार्यालयले मकवानपुर प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएको छ। टीमका बाँकी सदस्यहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell