PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

'इनफ इज इनफ' अब गीतमा, दश राष्ट्रिय गायक-गायिकाले दिए स्वर



पहिलोपोस्ट

'इनफ इज इनफ' अब गीतमा, दश राष्ट्रिय गायक-गायिकाले दिए स्वर

देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भ्रष्टाचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ। कोरोनाको महामारीको समयमा समेत भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ। सत्ताका लागि लुछाचुडी उस्तै छ। दुई तिहाइको सरकारबाट जनतामा जुन अपेक्षा थियो, त्यो निराशामा परिणत हुँदै गएको अवस्था छ।

यिनै विषयलाई शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको 'इनफ इज इनफ' अर्थात 'अत्ति भयो अत्ति' बोलको गीतमा उतारिएको छ। यो गीतमा १० जना गायक-गायिकाले आवाज भरेका छन्। गीतमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुको स्वर रहेको छ।

देशमा राजनीति व्यवस्था परिवर्तन भए पनि सामन्ती सोच र संस्कारमा परिवर्तन आउन नसकेको विषयलाई उठान गरिएको गीतमा देवेन्द्र क्षेत्रीको डाइलग छ। गीतमा ‘इनफ इज इनफ’ अभियानलाई समेत जोडिएको छ। गीतलाई युट्युबमा दर्शक तथा स्रोतले रुचाएका छन्।

गीतले वर्तमान नेपालको वास्तविक दृश्य पेश गरेको गीतकार सुवेदी बताउँछन्। 'देश यसरी नै चलेको छ, निर्मला पन्तहरु रोइरहेछन, कोरोनाले सबैलाई तहस नहस बनाउँदा देश चलाउनेहरु पैसा कमाउन, सत्ता जोगाउनतिर लागेका खबर सुनिन्छ। बिगतदेखि नै जनता मार्ने र मर्ने चलिरहेकै छ। यस्तै घटनाहरुले जन्माएको हो यो- गरिबको गीत, जहाँ मैले गरिब जनताले के के भोग्नु पर्छ भनेर उतार्ने प्रयास गरेको छु', सुवेदीले भने।

भिडियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell