PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

ठाकुररामका सहायक प्रमुख गुप्ताको हृदयघातबाट निधन, कोरोना परीक्षण नगरेरै अन्त्येष्टि



राधेश्याम पटेल

ठाकुररामका सहायक प्रमुख गुप्ताको हृदयघातबाट निधन, कोरोना परीक्षण नगरेरै अन्त्येष्टि

वीरगंज : नेपाली काँग्रेस निकट शिक्षा विभाग समितिको केन्द्रीय सदस्य तथा ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका सहायक क्याम्पस प्रमुख प्रमोद (सर्राफ)गुप्ताको मंगलवार विहान निधन भएको छ।

उपचारको क्रममा नारायणी बयोधा अस्पताल गण्डक वीरगंजमा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। वीरगंज-४ विर्ता निवासी गुप्तालाई हिजो अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि बयोधाको आईसीयू कक्षमा भर्ना गरि उपचार शुरु भएको थियो।

तीन दशकदेखि प्रध्यापन पेशामा रहेका ५४ वर्षिय गुप्तालाई दुई/तीनदेखि ज्वरो थियो भने छाति पनि दुखिरहेको थियो। अस्पतालमा पुग्दा उनको छातिमा निमोनिया भएको चिकित्सकहरुले बताएका थिए।

उनको निधन पश्चात् कोरोना परीक्षण नगरेरै परिवारले दाह संस्कार गरेको छ।

कांग्रेस पर्साका एक नेताले भने, ‘कोरोना जस्तै लक्षण भए पनि डाक्टरले हर्टअट्याकबाट मृत्यु भएको बताएपछि टेस्ट गरिएन। घरपरिवारले दाह संस्कार गरिसकेका छन्।' उनले आफूहरुलाई पनि शव घर ल्याइसकेपछि निधनको खबर पाएको बताए। उनको निधनप्रति कांग्रेसी नेता कार्यकर्ताले शोक व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell