PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु



पहिलोपोस्ट

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

जनकपुरधाम : महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

महोत्तरीको जलेश्वर–रौजा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

ज ११ प १३८६ नम्बरको मोटरसाइकलमा चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको विष्टले बताए।

मृतक ठाकुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell