काठमाडौं : पछिल्लो २४ घण्टामा हालसम्मकै सबै भन्दा बढी कोभिड-१९ का संक्रमितहरु पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार १६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
४७ जिल्लामा संक्रमण पुष्टि भएका छन्। काठमाडौं उपत्यकाका मात्र २०५ जना रहेका छन्। जसमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।
कोरोनाका कारण हालसम्म देशभर ११४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर ७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रदेश २ मा संक्रमित पहिचान भएका छन्। प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी पर्सामा १२८ जना रहेका छन्। त्यस्तै, सर्लाहीमा १०७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, धनुषामा ६४, बारामा ४२ जनामा संक्रमण पुष्टि हुँदा रौतहटमा ३७, महोत्तरीमा २४, सिरहामा १६ र सप्तरीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।
वाग्मती प्रदेशमा ३१३ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्र २०५ जना छन्। काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, चितवनमा ४९, मकवानपुरमा ३० काभ्रेमा २१ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै, सिन्धुपाल्चोक तथा धादिङ र दोलखामा २/२ जना संक्रमित पहिचान हुँदा सिन्धुलीमा एक जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ मा ५१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये कपिलवस्तुमा १९, रुपन्देहीमा १४ जनामा संक्रमण पुष्टि भएको छ। बर्दियामा ९, बाँकेमा ६ जनामा संक्रमण पुष्टि हुँदा दाङ, रोल्पा र नवलपरासी पश्चिममा १/१ जना संक्रमित पहिचान भएका छन्।
सुदूरपश्चिम प्रदेशमा चार वटा जिल्लामा ५० जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जसमध्ये डोटीमा ४६, दार्चुलामा २ तथा कैलाली र कञ्चनपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये सबैभन्दा बढी कास्कीका १६ जना रहेका छन्। नवलपरासी पूर्वका ४, बाग्लुङका ३ तथा गोरखा र तनुहँका २/२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, लमजुङमा पनि एक जना संक्रमित पहिचान भएका छन्।
कर्णाली प्रदेशमा जम्मा ७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये दैलेखमा ५ तथा सुर्खेत र रुकुम पश्चिममा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

