PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अभयाको नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक



पहिलोपोस्ट

अभयाको नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक

नेपाली दर्शक तथा श्रोता माँझ डेढ दशक भन्दा लामो समय यता रक ब्यान्डको रुपमा परिचित अभया एण्ड द स्टिम इन्जिनको नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक भएको छ। गत सोमबार ब्यान्डको युट्युब च्यानल मार्फत् गीत सार्वजनिक गरिएको हो।

ब्यान्डकी फ्रन्ट लेडी अभयाले गीतमा स्वर मात्रै भरेकी छैनन् यसमा शब्द पनि उनकै रहेको छ। साथै, नयाँ गीतको सङ्गीत रचना, संयोजन र सङ्गीत निर्माण स्वयं उनैले गरेकी छन्। गीतमा गितारको जिम्मेवारी रिन्चेन पाल्जरले सम्हालेका छन् भने सोनम लामा भुटियाको बेस रहेको छ। साथै, पियानोमा निकेश कार्की रहेका छन् भने ड्रममा रिन्चेन पाल्जर र नबिन थापा मगर रहेका छन्। ब्याकिङ भोकलमा प्रशान्त गुरुङ र रिन्चेन पाल्जर रहेका छन्।

वि.सं. २०६० सालमा सुरुवात भएको अभया एण्ड द स्टिम इन्जिन ब्यान्डले आफ्नो छुट्टै किसिमको संगीतले दर्शक तथा श्रोता माँझ लोकप्रिय छ। सार्वजनिक गीत आफ्नो लागि निकै महत्वपूर्ण रहेको अभयाले बताइन्।

'यो गीतको प्रत्येक नोट, गितार सोलोदेखि ओर्केस्ट्राको संयोजन सबैमा मैले उत्तिकै मिहिनेत गरेकी छु,’ उनले भनिन्, 'सङ्गीत निर्देशन पहिलेदेखि नै गर्दै आएपनि अब यसमा थप काम गर्ने सोच बनाएकी छु।’ सार्वजनिक गीतमा महिर मल्ल र श्रृष्टि कार्कीले अभिनय रहेको छ भने यसलाई अभया स्वयंले निर्देशन गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell