PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना पक्राउ, घाइते असईको उपचार हुँदै



पहिलोपोस्ट

प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना पक्राउ, घाइते असईको उपचार हुँदै

मकवानपुर : प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका-६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीलाई सोही ठाउँस्थित रामनगर बस्ने २६ वर्षीय भक्तराम राउत समेत ४ जनाले खुकुरी प्रहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

खुकरी प्रहारबाट घाइते भएका एक जना प्रहरी सहायक निरीक्षकलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell