PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

ललितपुरमा ३६ वर्षीया महिलालाई ११ दिनसम्म कोठामा राखेर जबरजस्ती करणी, अभियोगमा युवक पक्राउ



पहिलोपोस्ट

ललितपुरमा ३६ वर्षीया महिलालाई ११ दिनसम्म कोठामा राखेर जबरजस्ती करणी, अभियोगमा युवक पक्राउ

काठमाडौं : ललितपुर, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ स्थित डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-३ साउने घर भएका २२ वर्षीय लिल बहादुर मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

मगरले ती महिलालाई गत साउन २१ देखि ३२ गतेसम्म ललाईफकाई आफ्नै डेरा कोठामा राखी पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त महाराजगंजमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा बुझाएको हो।

यसैगरी मकवानपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-१२ जगडाँडा बस्ने १६ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई गत असार २३ गते बिहान आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell