PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन



पहिलोपोस्ट

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौँः राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १०१ वर्षीय घिमिरेको मंगलबार अपराह्न निधन भएको हो। घिमिरेका भाञ्जा तथा सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीले निधनको पुष्टि गरे।  

घिमिरेको १९७६ असोज ७ गते लमजुङमा जन्म भएको थियो। 

घिमिरेले नेपाली साहित्यमा खण्डकाब्य, कविता, गीति नाटकलगायतमा कलम चलाएका छन्। घिमिरेले विभिन्न गीतहरु पनि रचना गरेका छन्। राज्यका तर्फबाट उनले पद्मश्री साधना सम्मान र उज्ज्वल पदक प्राप्त गरेका छन्। 

घिमिरेको निधनको समाचार सार्वजनिक भएपछि लैनचौरस्थित उनको निवासमा शुभेच्छुकहरु पुग्ने क्रम बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell