PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि



रासस

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना संक्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिवार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो। त्यसमध्ये एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

सर्वोच्च अदालतमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशका सुरक्षाकर्मी गरी दुई जनामा कोरोना पुष्टि भएको थियो। यो सँगै सर्वोच्च अदालतमा तीन जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

कोभिड-१९ को महामारीका बेला तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि न्यायलयमा काम गर्ने कर्मचारीमा त्रास बढेको छ। त्रास बढेसँगै अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय यसअघि नै गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell