PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

टिप्परको ठक्करबाट एक बालकको मृत्यु



रासस

टिप्परको ठक्करबाट एक बालकको मृत्यु

नारायणपुर : दाङमा टिप्परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले अपराह्न २:३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

भालुबाङबाट लमही जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो। ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन्। तीव्र गतिमा गुडेको टिप्परले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell