PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने छन् : उपाध्यक्ष गौतम



रासस

घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने छन् : उपाध्यक्ष गौतम

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले अपूरणीय क्षति भएको बताएका छन्।

नेता गौतमले आज साँझ विज्ञप्ति जारी गरी उनी आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने बताउँदै उनीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।

यसैगरी, शान्ति गीत संगीत अभियानले राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ। गीतकार एवं अभियानका अध्यक्ष प्रकाश रायमाझीले शोक विज्ञप्तिमार्फत उनको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन्।

गीतकार रायमाझीले राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell