PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘आजै र राति के देखेँ सपना मै मरि गएको...’

‘आजै र राति के देखेँ सपना मै मरि गएको...’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलवार साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा देहावसान भयो।

राष्ट्रकवि घिमिरेको शवलाई अहिले निवासमै राखिएको छ। विभिन्न साहित्यकार र शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि लैनचौर पुगेका छन्।

राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ। उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्रह प्रकाशित छन्।

स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell