PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कोरोना संक्रमणका कारण वीरगंजमा ६० वर्षीय वृद्धको मृत्यु



राधेश्याम पटेल

कोरोना संक्रमणका कारण वीरगंजमा ६० वर्षीय वृद्धको मृत्यु

वीरगंज : वीरगंजमा एक जना ६० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। वीरगज १५ लक्षुमानवा घर भई दूरसञ्चार कार्यालय वीरगंजमा कार्यरत ६० वर्षीय कर्मचारीको मृत्यु भएको हो।

एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित उनको आज बिहान अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको अवस्थामा दिउँसो २ बजे मृत्यु भएको थियो।

स्वाब परीक्षण गर्दा राति ८ बजे उनको रिपोर्ट पोजिटिभ आएको हो। उनी एक सातादेखि घरमै औषधि उपचार गराउदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell