PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

लाइपजिगलाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा



पहिलोपोस्ट

लाइपजिगलाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

जर्मन क्लब आरबी लाइपजिगलाई हराउँदै फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। लिस्बनमा गएराति भएको खेलमा लाइपजिगमाथि ३-० को सहज जित निकाल्दै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पहिलो पटक पुगेको हो। पिएसजीको जितममा मार्क्विन्होस, एन्जेल डी मारिया र जुआन बेर्नट भेलास्कोले गोल गरे।

पिएसजीले खेलको १३ औं मिनेटमै अग्रता बनाएको थियो। एन्जेल डी मारियाको पासमा मार्क्विन्होसमा पिएसजीलाई अग्रता दिलाए। त्यस्तै ४२ औं मिनेटमा डी मारियाले पिएसजीका लागि गोल गरे। यसपटक उनले नेइमारको पासमा गोल गरेका थिए। पहिलो हाफमा पिएसजी २ गोलले अगाडि रह्यो।

दोस्रो हाफमा पिएसजीका लागि भेलास्कोले अर्को गोल थपे। उनले खेलको ५६ औं मिनेटमा डी मारियाको पासमा गोल गर्दा पिएसजीले ३-० ले खेल आफ्नो पक्षमा पार्दै पहिलो च्याम्पियन्स लिग फाइनलको यात्रा तय गर्‍यो।

योसँग पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुग्ने पाँचौं फ्रेन्च टिम भएको छ। त्यस्तै फाइनलका लागि धेरै लामो प्रतिक्षा गरेको टिमको रेकर्ड पनि बनाएको छ पिएसजीले। फाइनल प्रवेश गर्नुअघि पिएसजीले ११० खेल खेलेको थियो। जसले आर्सनलको रेकर्डलाई पछि पारेको छ। सन् १९७१ देखि २००६ सम्म आर्सनलले च्याम्पियन्स लिगको फाइनलमा पुग्न ९० खेल प्रतिक्षा गर्नुपरेको थियो।

पिएसजीले फाइनलमा बायर्न र लियोनको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell