पाकिस्तानसँगको टी २० सिरिजका लागि इङ्ग्ल्याण्डले आफ्नो टोलीको घोषणा गरेको छ। मंगलवार इङ्ग्लयाण्डले १४ सदस्यीय टोलीको घोषणा गरेको हो। टिममा पाकिस्तानसँग टेस्ट खेलेका खेलाडीहरुलाई बाहिर राखिएको छ।
टिमको कप्तानी इयोन मोर्गनले सम्हाल्ने छन्। पाकिस्तानसँगको टी ३ खेलको सिरिज म्यानचेस्टरको ओल्डट्राफोर्डमा हुनेछ। सिरिजको पहिलो खेल २८ तारिखमा हुनेछ। अर्कोतर्फ टेस्ट सिरिजका खेल २५ तारिखसम्ममा सकिनेछन्।
इङ्ग्ल्याण्डको १४ सदस्यीय टिम
इयोन मोर्गन (कप्तान), मोइन अली, जोनी बेइर्स्टो, टम बेन्टन, जोइ डेन्ली, लेविस ग्रेगोरी, क्रिस जोर्डन, सक्विब महम्मुद, दाविद मलान, अदिल रसिद, जेसन रोय, डेभिड विल्ली
रिजर्ब: प्याट ब्राउन, लियाम लिभिङस्टोन, रिस टप्ले
सिरिजको पहिलो खेल २८ अगस्ट, दोस्रो खेल ३० अगस्ट र अन्तिम खेल १ सेप्टेम्बरमा हुनेछ।
