कैलाली : अछामको रामारोशन गाउँपालिका वडा नम्बर ३ सान्तडाको सैनीबजारको १६ घर नदीले बगाउँदा ४ जनाको मृत्यु र १५ जना बेपत्ता भएका छन्।
मध्यराती कैलाश खोला नदीले सैनी बजारका घर बगाउँदा १५ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन्।
'त्यसमध्ये चार जनाको शव कैलाश खोलामा भेटिएको छ,' रावलले भनिन्।
घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकाले पूर्ण क्षतिको विवरण आउन नसकेको उनको भनाइ छ।
सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको बताइको छ।
