PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

सीपीएलको पहिलो खेलमा ट्रिनबागो र दोस्रो खेलमा बार्बाडोस विजयी, सन्दीपको खेल आज



पहिलोपोस्ट

सीपीएलको पहिलो खेलमा ट्रिनबागो र दोस्रो खेलमा बार्बाडोस विजयी, सन्दीपको खेल आज

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भएको छ। प्रतियोगिताको पहिलो खेलमा गुयना अमेजन वारियर्सलाई ४ विकेटले हराउँदै सुखद सुरुवात गरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको ट्रिनबागो १७ ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जसमा सुनिल नारिनले ५० रनको अर्धशतकीय पारी खेल्दै टिमको स्कोर उकासे। त्यस्तै डरेन ब्राभोले ३० रन जोड्दा लेन्ड्ल सिमोन्स र कोलिन मुन्रोले समान १७/१७ रन जोडे। अमेजन वारियर्सको तर्फबाट नभिन-उल-हक र इमरन ताहिरले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अमेजनका लागि सिमरन हेटमायरले अभिजित ६३ रन जोडे पनि ५ विकेट गुमाएर १४४ रनमा सीमित भयो।

म्यान अफ दी म्याच भएका सुनिल नारिनले अमेजनको महत्वपूर्ण २ विकेट लिए।

त्यस्तै दोस्रो खेलमा बार्बाडोस ट्रिडेन्टसले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सलाई ६ रनले हरायो। टस हारेर ब्याटिङमा

उत्रिएको बार्बाडोसले ९ विकेट गुमाउँदै १५३ रन जोड्यो। जवाफी ब्याटिङमा उत्रिएको सेन्ट किट्स १४७ रनमा ५ विकेट गुमाएर समेटिँदा बार्बडोसले ६ रनको जित निकाल्यो।

सन्दीपको खेल आज

सन्दीपले भने आज पहिलो खेल बुधबार राति ७:४५ बजे खेल्नेछन्। सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ। सीपीएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ। सामाजिक सञ्जालमार्फत् आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell