कैलाली : लगातारको वर्षासँगै बझाङको बुङ्गल नगरपालिका वडा नं ५ मिडीमा गएराती पहिरो गएको छ। पहिरोमा परी चार जना घाईते भएका छन्। पहिरोमा परी २ जना बेपत्ता भएका छन्। घर माथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको छ।
नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा परी पुरिएका तीन जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन्।
पहिरोमा परी ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ बर्षकी टिन्टी ताम्राकार र १६ वर्षका अनिल ताम्राकार घाईते भएका छन्। घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ।
१४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तीर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षका छोरा सुदिप ओखेडा बेपत्ता छन्।
दुबै जनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताए।