PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

वीरगंजमा कोरोना संक्रमणबाट नेपाल टेलिकमका कर्मचारीको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा कोरोना संक्रमणबाट नेपाल टेलिकमका कर्मचारीको मृत्यु

वीरगंज : वीरगंजमा एक जना ६० वर्षीय वृद्धको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १५ लक्षुमानवा घर भई नेपाल नेपाल टेलिकम वीरगंजमा कार्यरत ६० वर्षीय कर्मचारी रहेका छन्।

एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित वृद्धको एक बुधवार बिहान अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको अवस्थामा मंगलवार दिउँसो २ बजे मृत्यु भएको थियो।

उनको स्वाब परीक्षण गर्दा जेन एक्सपर्ट परीक्षणमा राति ८ बजे उनको रिपोर्ट पोजिटिभ आएको हो। मृतक वृद्ध एक सातादेखि घरमै औषधि उपचार गराउदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell