PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राष्ट्रिय झन्डा जलाएको म्युजिक भिडियोका गायकसहित ६ जना पक्राउ



पहिलोपोस्ट

राष्ट्रिय झन्डा जलाएको म्युजिक भिडियोका गायकसहित ६ जना पक्राउ

काठमाडौं : एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले गायकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

गायक ग्याल्जेन दोर्जे तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले भगवानपाउँबाट नियन्त्रणमा लिएको हो। सोमबार 'मंगोल हप अफिसियल' नाम च्यानलले युट्युबमा 'देशद्रोही' बोलको भिडियो हालेको थियो। 

महानगरीय अपराध महाशाखाको टोलीले भिडियो खिच्ने क्यामरा पर्सनलाई मंगलवार  नियन्त्रणमा लिएको थियो।

त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको हो।  भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।

कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुबै  कारवाही गर्ने व्यवस्था रहेको छ। गीतमा जातीय सद्भाव बिथोल्ने शब्दहरु पनि प्रयोग गरिएको छ।

भिडियो मकवानपुर सल्लेनी वडा ३ स्थित विष्णु आधारभूत विद्यालय नजिकै खिचिएको देखिन्छ। अहिलेसम्म प्रहरीले ९ जनालाई नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell