PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कुशेऔंशीमा गोकर्णमा कडाई, पुरोहित र तर्पण दिनेलाई सकस

कुशेऔंशीमा गोकर्णमा कडाई, पुरोहित र तर्पण दिनेलाई सकस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बुधवार कुशेऔंशी। हरेक वर्ष यो दिन काठमाडौंको गोकर्णमा रहेको गोकर्णेश्वरमा मेला लाग्ने गर्दछ।

बुवा नभएकाहरु बुवाको सम्झनामा पिण्डादान गर्न देशभरबाट यहाँ घुइँचो लाग्छ। यसपटक भने कोभिड-१९ महामारीको त्रासमा रहेकोले मेला तथा भेला गर्न सरकारले रोक लगाएको छ।

यही मेलालाई मध्यनजर गर्दै सुरक्षाकर्मी रातिदेखि नै यस क्षेत्रमा खटिएका थिए। गोकर्ण क्षेत्र पस्नका लागि कडा जाँच गरिएको थियो।

यद्यपि फट्टफुट्ट देखिएका पुरोहित र तर्पण दिन आउनेहरुलाई प्रहरीले छिटो गर्न आग्रह गर्थे। यसले पुरोहित र तर्पण दिने दुबैलाई सकस परेको देखिन्थ्यो।



ट्रेन्डिङ पोस्ट

Ncell