PahiloPost

Nov 17, 2025 | २ मंसिर २०८२

कोभिड-१९ का कारण धरानमा एक जनाको मृत्यु, संक्रमणले प्रदेश १ मा १७ जनाको गयो ज्यान



अनन्तराज न्यौपाने

कोभिड-१९ का कारण धरानमा एक जनाको मृत्यु, संक्रमणले प्रदेश १ मा १७ जनाको गयो ज्यान

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ को उपचार गराइरहेका एक बिरामीको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ७१ वर्षीया वृद्धाको उपचाररत अवस्थामा मृत्यु भएको हो। प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले मृत्यु भएको पुष्टि गरे।

प्रवक्ता डाक्टर सापकोटाका अनुसार निज वृद्धामा कोभिड–१९ भएको गत साउन २३ गने पुष्टि भएको थियो। उनको स्वाब सङ्कलन धरानस्थित एन्फा क्वारेन्टाइनमा गरिएको थियो।

मृतक महिलामा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको सापकोटाले बताए। प्रतिष्ठानको कोभिड अस्पतालमा महिलालाई साउन २४ गते भर्ना गरिएको थियो। उनलाई दम र मुटुरोगको पनि समस्या भएको बताइएको छ। यसअघि प्रतिष्ठानमा मोरङको बुढीगङ्गा गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको थियो।

सामाजिक विकास मन्त्रालयका अनुसार ७१ वर्षीय महिलासँगै प्रतिष्ठानमा कोभिड–१९ कै कारण ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ। त्यस्तै प्रदेश १ मा १७ को मृत्यु भइसकेको छ। जसमध्ये मोरङका १२, प्रदेश नम्बर २ का ४ र धरानका १ जना हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell