PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

जबरजस्ती करणी, बिहे गर्छु भन्दै भारत लगेर किशोरी बेच्ने युवक पक्राउ



पहिलोपोस्ट

जबरजस्ती करणी, बिहे गर्छु भन्दै भारत लगेर किशोरी बेच्ने युवक पक्राउ

काठमाडौं : एक १७ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबर्जस्ती करणीपछि भारतमा लगेर बेच्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोट तादी गाउँपालिका वडा ३ खरानीटार घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ काभ्रेस्थली बस्दै आएका वर्ष २२ का अर्पण तामाङ भनिने राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिहरेको छ। साउन २९ गते पीडित बालिकाले मानव बेचबिखन ब्युरोमा दिएको जाहेरीका आधारमा प्रहरीले बालिका बेचबिखनमालाई खोजी गरिरहेको थियो।

तामाङले बालिकालाई माया गर्ने र बिहे पनि गर्ने भनी प्रलोभन देखाई प्रेमजालमा फसाँएर शुरुमा गोंगबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ।

त्यसपछि तामाङले आफ्नो साथीको जिम्मा लगाएका थिए। साथीले गोगंबुबाट ट्याक्सी चढाई चितवनको नारायणघाट हुँदै काँकडभिट्टा सीमा नाकाबाट भारतीय अपरिचित (नाम नखुलेको) पुरुष व्यक्तिको जिम्मा लगाएर नेपाल फर्केको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ।

ती भारतीय पुरुषले निज पीडितलाई अश्लील भिडियो देखाई भिडियोमा जसरी करणी गरौ भन्ने गरेको र पैसा तिरेर किनेको भन्दै समयसमयमा डर त्रास धाकधम्की दिने गरेको बालिकाले प्रहरीमा बयान दिएकी छिन्।

भारतीयले समय समयमा शारीरिक तथा मानसिक पीडा दिंदै रोजगार लगाई दिने बहानामा भारतको विभिन्न ठाँउमा लाने गरेकोमा पीडित बालिकाले आफुलाई बेचिएको महसुस गरेपछि भागेर अपरिचित नेपालीको सम्पर्कमा पुगेकी थिइन्। उनले नै २०७६ असोज महिनामा कैलाली जिल्लाको टीकापुरमा रहेको इलाका प्रहरी कार्यालयलाई बुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell