PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सुशान्त सिंहको मृत्यु अनुसन्धानका लागि सर्वोच्चले दियो सीबीआईलाई स्वीकृती



पहिलोपोस्ट

सुशान्त सिंहको मृत्यु अनुसन्धानका लागि सर्वोच्चले दियो सीबीआईलाई स्वीकृती

भारतको सर्वोच्च अदालतले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानका लागि केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) लाई आदेश दिएको छ। बुधवार अदालतले रिया चक्रवर्तीको निवेदनमाथि सुनुवाई गर्दै भन्यो - सीबीआईको अनुसन्धानका लागि बिहार सरकारले गरेको माग उचित थियो।

न्यायाधिश ऋषिकेश रायले पटना प्रहरीमा सुशान्तका बुवाले उजुरी दिनुलाई पनि सही निर्णय भएको बताएका छन्।

बिहारका डीजीपी गुप्तेश्वर पाण्डेयले सर्वोच्च अदालतको निर्णयलाई बिहार प्रहरीको पक्षको सुनुवाई भएको बताउँदै भने,'अब मलाई न्याय पीडितकै पक्षमा हुन्छ भन्ने विश्वास छ। मुम्बई प्रहरीले गरेको कामहरू गैर कानूनी थिए।'

सुशान्तका बुवा केके सिंहका वकिल विकास सिंहले भने,'यो सुशान्तको परिवारको जीत हो।'

रिया चक्रवर्तीले पटनामा दर्ता भएको उजुरी मुम्बई ट्रान्सफर गर्न आग्रह गरेकी थिइन्। उनले आफूलाई सुशान्तको प्रेमिका बताउँदै आएकी छिन्। भलै सुशान्तका बुवाले भने रिया कै कारण आफ्नो छोराको मृत्यु भएको बताउँछन्। उनले जुलाई २५ मा रियाविरुद्ध उजुरी दर्ता गराएका थिए।

सुशान्त जुन १४ तारिखमा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। मुम्बई प्रहरीले उनको मृत्युलाई आत्महत्या प्रमाणित गरेको थियो। तर, सुशान्तको परिवारले रिया र उनको परिवारविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाएका हुन्।

कंगना रनौत लगायत फिल्मकर्मीले भने सुशान्तको आत्महत्याको कारण बलिउडमा व्याप्त नातावाद र सुशान्तविरुद्ध लागि परेको समूह भएको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell