PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान



पहिलोपोस्ट

बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान

स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यानलाई नियुक्त गरेको छ। नेदरल्यान्ड्सका पूर्व खेलाडी तथा बार्सिलोनाकै पूर्व डिफेन्डर रहेका कोइम्यानलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो। उनले बार्सिलोनाबाट १९८९ देखि १९९५ सम्म खेलेका थिए। सन् २०१८ मा उनी नेदरल्याण्डको राष्ट्रिय टिम पनि हेरेका थिए।

डच प्रशिक्षक कोइम्यानलाई २ वर्षको करार गरेको बताइएको छ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्नसँग लज्जास्पद हार ब्यहोरेपछि क्वेक सेटिएनलाई बर्खास्त गरेको थियो। बार्सिलोना यो सिजन उपाधिबिहीन रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell