PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि



एम बम

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३ जना र डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा ७ जना गरी १० जनामा संक्रमण देखिएको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ३ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा परीक्षण गरिएका ७१ नमुनामध्ये ३ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ।

अस्तालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका २ महिला र एक पुरुषमा संक्रमण देखिएको हो। उनले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ र ९ एक÷एक जना र घोडाघोडी नगरपालिकाको वडा नम्बर ४ की २८ बर्षीया महिलामा संक्रमण देखिएको बताए।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप  ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कूल ४ सय ७७ जनाको स्वाब परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ र ४ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका ३ जना, डोटीको सायल गाउँपालिकाका २ जना र डोटीकै दिपायल सिलगढी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।

येसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ८६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell