PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

१० किलो गाँजासहित एक युवक पक्राउ



रासस

१० किलो गाँजासहित एक युवक पक्राउ

चितवन : चितवन प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन्।

उनलाई प्रहरीले मंगलवार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो। ८५ सुर्तीका प्याकेटमा प्याक गरी बिक्री गर्ने अवस्थामा घरभित्र लुकाइ राखेको अवस्थामा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिए।

उनका अनुसार गुरुङलाई थुनामा राख्न आजै जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसन्धान शुरु गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell