PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पार्टी विभाजन रोक्न हस्ताक्षर गरेका नेकपाका ६४ सांसदको निष्कर्ष : एकतालाई अक्षुण्ण राख्न अभियानकाे अहम् भूमिका



पहिलोपोस्ट

पार्टी विभाजन रोक्न हस्ताक्षर गरेका नेकपाका ६४ सांसदको निष्कर्ष : एकतालाई अक्षुण्ण राख्न अभियानकाे अहम् भूमिका
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६४ सांसदहरुले पार्टी एकताबद्ध हुने अवस्था आएको बताएका छन्। केही समय अघि सांसदहरुले ‘पार्टी एकीकरण बचाउ अभियन’मा हस्ताक्षर गर्दै पत्रकार सम्मेलनमार्फत आफूहरु पार्टी फुटको कित्तामा नलाग्ने बताएका थिए।

अभियानका संयोजक कृष्णप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै पार्टीमा रहेका कतिपय अन्तरविरोधहरूलाई हल गरी पार्टीको एकतालाई अक्षुण्ण राख्न अभियानले अहम् भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको जानकारी गराएका छन्।

‘पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने ६४ जना संसदले यस्ता प्रकारका अवाञ्छित गतिविधिको पक्षमा नलागी पार्टीलाई एक ढिक्का राख्न र आगामी महाधिवेशन समेत एकताको महाधिवेशन गराउने लक्ष्यका साथ तटस्थ भूमिका निर्वाह गर्ने गरी हस्ताक्षर संकलन गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थियौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको तत्कालै सकारात्मक प्रभाव देखिई हाल पार्टीलाई एकताबद्ध राख्ने वातावरण सिर्जना भएको छ। यसले समग्र पार्टी पंक्ति र सरोकारवाला पक्षमा पुनः आशाको सञ्चार छाएको अवस्था छ पार्टीमा रहेका कतिपय अन्तरविरोधहरूलाई हल गरी पार्टीको एकतालाई अक्षुण्ण राख्न हाम्रो अभियानले अहम् भूमिका निर्वाह गरेको निष्कर्षमा हामी पुगेका छौँ।’

उनीहरुले आगामी दिनमा समेत सांसदको हैसियतमा पार्टीलाई सशक्त, बलियो र प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिका यो वा त्यो पक्ष नभनी निर्वाह गर्ने प्रतिबद्धता समेत पुनः जाहेर गरेका छन्।

सांसदहरुको भूमिकाको समेत कदर गरी पार्टी एकताको पक्षमा हाल भइरहेका प्रयासहरुप्रति नेताहरुलाई धन्यवाद समेत दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell