PahiloPost

Jun 24, 2025 | १० असार २०८२

जिपको ठक्करबाट मोटरसाइकलमा गस्ती गरिरहेका दुई जना प्रहरीको मृत्यु



रासस

जिपको ठक्करबाट मोटरसाइकलमा गस्ती गरिरहेका दुई जना प्रहरीको मृत्यु

पोखरा : पोखराको पस्याङ्मा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई जना प्रहरीको मृत्यु भएको छ। ग १ ब ३६९ नम्बरकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

हमालका अनुसार दुर्घटनामा परेका प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको घटनास्थलमै मृत्यु भएको हो। अर्का घाइते बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारुको उपचारका क्रममा आज मृत्यु भएको हो। उनीहरु दुवै वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए।

जिप चालक धादिङ जिल्ला धुनीबेशी गाउँपालिका-५ घर भई कास्कीको पोखरा महानगरपालिका-२३ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell