क्यारेबियन प्रिमियर लिग (सीपीएल) को पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले २३ रन खर्चेर १ विकेट लिएका छन्। सन्दीप जमैका तलावाजमा आवद्ध छन्। जमैकाको लिगको पहिलो खेल हो।
सेन्ट लुसिया जुक्सविरुद्ध सन्दीपले चार ओभरमा २३ रन खर्चेर १ विकेट लिएका हुन्। विकेट हात पार्न उनलाई चौथो ओभरसम्म कुर्नप¥यो। उनले नजिबुल्लाह जार्दनको विकेटको विकेट लिए।
जारी खेलमा जमैकाले १५९ रनको लक्ष्य पाएको छ।
