वीरगंजः कोरोना संक्रमणबाट बुधबार दिउँसो वीरगंज महानगरपालिका–५ रेशमकोठी निवासी एक महिलाको मृत्यु भएको छ। ४० वर्षीय महिलाको मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
मधुमेहको समस्या समेत रहेकी उनीमा श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान १० बजे अली अर्थो ट्रमा सेन्टरबाट वीरगंज हेल्थकेयरमा पुयाइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हेल्थकेयरका सञ्चालक डा. अबुल हैस अन्सारीले जनाए।
यसैगरि मंगलबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा वीरगंज १५ का ६० वर्षका एक जनाको मृत्यु भएको थियो। यस्तै गएराति साढे १० बजे वीरगंज ४ का ८४ वर्षका एक वृद्धको गण्डक कोभिड अस्पतालमा मृत्यु भएको थियो।
