PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

लियोनलाई हराउँदै बायर्न च्याम्पियन्स लिगको फाइनलमा



पहिलोपोस्ट

लियोनलाई हराउँदै बायर्न च्याम्पियन्स लिगको फाइनलमा

युइफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा फ्रेन्च क्लब लियोनलाई हराउँदै जर्मन महारथी बायर्न म्युनिख फाइनल प्रवेश गरेको छ। पोर्चुगलको लिस्बनमा भएको खेलमा बायर्नले ३-० गोल अन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो।

बायर्नको जितमा सर्ज गनब्रीले २ गोल र रोबेर्ट लेवान्डोस्कीले १ गोल गरे।

खेलको १८ मिनेटमै बायर्नले अग्रता बनाएको थियो। किममिचको पासमा गनब्रीले बायर्नलाई अग्रता दिलाए। उनैले ३३ औं मिनेटमा दोस्रो गोल पनि थप्दा पहिलो हाफमा बायर्नले २ गोलको अग्रता बनायो। उता लियोनले पटकपटक अवसर सिर्जना गरेर पनि त्यसलाई सदुपयोग गर्न सकेन।

दोस्रो हाफमा बायर्नले अर्को गोल थप्यो। खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले किममिचको क्रसमा हेडिङमार्फत गोल गरे। र, बायर्नले लियोनमाथि ३-० को सहज जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो। अब बायर्नले आफ्नो ११ औं च्याम्पियन्स लिग फाइनल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग खेल्नेछ। बायर्न भन्दा धेरै पटक फाइनल खेल्नेमा स्पेनिस क्लब रियल मड्रिड (१६ पटक) मात्र छ। त्यसपछि एसी मिलान र बायर्नले समान ११ पटक च्याम्पियन्स लिगको फाइनलको रेकर्ड रहने छ।

त्यस्तै दुई पटक च्याम्पियन्स लिग खेलेको लियोन दुबैपटक बायर्नसँग पराजित हुँदै बाहिरिएको छ। यसअघि सन् २००९/१० मा पनि च्याम्पियन्स लिगकझ सेमिफाइनलमा बायर्नसँग पराजित हुँदै बाहिरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell