PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

काठमाडौंमा निषेधाज्ञाको पहिलो दिन : सुरक्षाकर्मीको बाक्लो उपस्थिति, गाडीमा कडा चेक

काठमाडौंमा निषेधाज्ञाको पहिलो दिन : सुरक्षाकर्मीको बाक्लो उपस्थिति, गाडीमा कडा चेक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकामा आज निषेधाज्ञाको पहिलो दिन। सरकारले कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएकाले त्यसमाथि नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको हो। बिहानैदेखि सुरक्षाकर्मीको सडकमा बाक्लो उपस्थिति देखिएको छ। अति आवश्यकीय सवारी साधन फाट्टफुट्ट देखिए पनि बिहान सडक सुनसान झै छ।

प्रशासनले मर्निङ वाक र इभिनिङ वाकमा समेत निषेध गरेकाले मानिसहरुको गतिविधि कम देखिन्छ। अन्य दिनमा बिहान सवारी नचले पनि मानिसहरु बाक्लै भेटिन्थे। आज भने मानिसहरु पनि फाट्टफुट्ट देखिएका छन्। पसलहरु खुलिसकेका छैनन्।

सुरक्षामा खटिएका ट्राफिक प्रहरी पीपीईमा पनि छन् तर अधिकांश भने सामान्य अवस्थामा नै सवारीको परीक्षणमा जुटेका छन्। चोक र गौडाहरुमा प्रहरीको उपस्थिति बाक्लो छ।

कोरोना भाइरसको संक्रमणका कारण बढेको जोखिम कम गर्नक लागि सुरु भएको निषेधाज्ञा यसअघि लागू भएको लकडाउनकै स्वरुपको देखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell