PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एकै दिन ७० हजार संक्रमित भेटिए भारतमा, उत्तर प्रदेशमा थपिए ५ हजार



पहिलोपोस्ट

एकै दिन ७० हजार संक्रमित भेटिए भारतमा, उत्तर प्रदेशमा थपिए ५ हजार
फोटो रोयटर्स

नयाँ दिल्ली : कोरोना भाइरसका कारण चरम संकटबाट गुज्रिरहेको भारतमा एकै दिन ७० हजार भन्दा धेरै नयाँ संक्रमित फेला परेका छन्। कोभिड १९ को संक्रमणयता भारतमा एकै दिन फेला परेका संक्रमितको यो सबैभन्दा उच्च संख्या हो। एकै दिन ७० हजार १ सय १ जनामा संक्रमण देखिँदा भारतमा ९ सय ७८ जनाले ज्यान गुमाएका छन्। यससँगै भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५३ हजार ९ सय २९ पुगेको छ।

भारतको महाराष्ट्रमा एकै दिन १३ हजार १ सय ६५ जनामा भाइरस पुष्टि भएको छ। भारतका अन्य सात राज्यहरुमा संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ।

उत्तर प्रदेशमा एकै दिन ५ हजार १ सय ५६ जना नयाँ स्क्रमित थपिएका छन्। नेपालसँग लामो सीमा जोडिएको भारतको यो प्रदेशका कारण नेपालमा जोखिम कायम रहन्छ। किनकि अहिले पनि भारतका उत्तर प्रदेश र बिहारबाट नेपालीहरु नेपाल भित्रने क्रम जारी छ। उत्तर प्रदेशमा बुधवारमात्र ५३ जना कोरोना संक्रमितले ज्यान गुमाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell