PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जमैका तल्लावाजको सीपीएलमा विजयी सुरुवात, सन्दीपले लिए एक विकेट



पहिलोपोस्ट

जमैका तल्लावाजको सीपीएलमा विजयी सुरुवात, सन्दीपले लिए एक विकेट

क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लाबाजले विजयी सुरुवात गरेको छ। सेन्ट लुसिया जौकसलाई ५ विकेटले हराउँदै तल्लावाजले विजयी सुरुवात गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो। जसका लागि रोस्टोन चेजले सर्बाधिक ५२ रन बनाएका थिए। त्यस्तै नाजिबुल्ला जाड्रनले २५ र आन्द्रे फ्लेटचेरले २२ रनको महत्वपूर्ण योगदान दिएका थिए। यता तहल्ला बाजका लागि मुजिब उल रहमान र वीरासम्मी पेरमउलले समान २/२ विकेट र आन्द्रे रसेल र सन्दीप लामिछानेले १/१ विकेट लिए।

१५९ रनको लक्ष लिएर जवाफी ब्याटिङमा उत्रिएको तल्लावाजले १८.५ ओभरमा ५ विकेट गुमाएर लक्ष पुरा गर्‍यो। जसमाका लागि आशिफ अलिले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ४७ रनमा अभिजित रहे भने ग्लिन फिलिप्सले ४४ रन र कप्तान रोभमेन पावेलले २६ रनको योगदान दिए।

म्यान अफदी म्याच भएका आशिफ अलीलाई सन्दीपले पोस्ट म्याच कनभर्सेसनमा सन्दीप लामिछानेले सहजीकरण गरेका थिए।

तल्लावाजले अर्को खेल भोलि ट्रिनबागो नाइट राइडर्ससँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell